निःशुल्क बृहत् योग शिविर शुरु - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 27 March 2019

निःशुल्क बृहत् योग शिविर शुरु

म्याग्दी, १३ चैत : गण्डकी प्रदेशको स्वास्थ्य जीवन अभियानअन्तर्गत बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा निःशुल्क बृहत् योग शिविर शुरु भएको छ । 


सामाजिक विकास मन्त्रालय र नवीन आनन्द योग केन्द्रको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने शिविरमा योगाभ्यास, विशेषज्ञ आयुर्वेद स्वास्थ्य उपचार, मधुमेह, बाथ, मुटु, मिर्गाैला र मोटोपनासम्बन्धी रक्त परीक्षण सेवा पनि दिइने भएको छ । 

शिविरको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि योगाभ्यासलाई आम नागरिकको पहुँचसम्म पु¥याउनुपर्ने बताउनुभयो । नसर्ने रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, खानपान र योगाभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो । 

योगी विकासानन्दले सहजीकरण गर्नुहुने शिविरमा बेनी बजारका बासिन्दा, व्यापारी, व्यवसायी, कर्मचारी, राजनीतिज्ञको सहभागिता छ ।(रासस)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here