क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वकप २०१८ को सर्वाेत्कृष्ट खेलाडी घाेषित भए । उनले गोल्डेन बल अवार्ड जित्दाकाे क्षण खुसी र भावनाले माहाैल अर्कै बन्याे । त्यही बेला झमझम पानी परेकाे थियाे । क्राेएसियकी राष्ट्रपति काेलिन्दा ग्राबर किटाराेभिकले लुकालार्इ अँगालाे मारेर भावुक भइन् ।

राष्ट्रपति काेलिन्दा खुसी र भावनाले राेएकी थिइन् । माेड्रिच पनि सुनकाे बल उचाल्दा निकै भावुक थिए । एकातिर फाइनल उपाधि जित्न नसक्दाकाे पीडा, अर्काेतिर उपविजेता र सर्वाेत्कृष्ट खेलाडी घाेषित हुँदाकाे खुसीले उनलार्इ भावुक बनाएकाे थियाे ।
राष्ट्रपति काेलिन्दाले अाफ्नाे राष्ट्रिय टिमका प्रशिक्षक डालिकलार्इ समेत पानीमा लछप्पै भिज्दै अँगालाे मारिन्, दुवै भावुक मुद्रामा थिए । उसाे त राष्ट्रपतिले अाफ्नाे देशकाे टिमका अन्य खेलाडीलार्इ पनि अँगालेकी थिइन् । साथै विजेता टिम फ्रान्सका युवा खेलाडीकाे उपाधि पाएका एम्बाप्पेलार्इ पनि उनले अँगालाेमा बेरिन् ।


क्राेएसियाले राम्राे खेलेर विश्वकै दर्शककाे भावना पाएकाे छ भने विश्वकपकाे उपाधि उचाल्न चुक्दा धेरैकाे सहानुभूति पनि पाएकाे छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका लुकाले विश्वकपकाे सर्वोत्कृष्ट खेलाडीकाे उपाधि पाउँदा पनि राष्ट्रपति र प्रशिक्षक उत्तिकै खुसी देखिए । लुकाकै उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो ।

विश्वकप २०१८ मा मिडफिल्डर लुकाले क्रोएसियाका लागि दुई गोल गरे । र, दुई गोलका लागि अवसर सिर्जना गरे ।



विश्वकप २०१८ सकिएकाे छ । यसकाे उपाधि फ्रान्सले जित्याे भने गोल्डेन बुट इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन् । साथै युवा खेलाडीको उपाधि फ्रान्सका कालियन एम्बाप्पेले जिते ।


उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए । १९ वर्षीय एम्बाप्पेले फाइनलमा पनि गोल गरे।
विश्वकपको उत्कृष्ट गोलकिपरले पाउने गोल्डेन गोल्भ्स भने बेल्जियमका गोल किपर थिबाउट कोर्टोइसले हात पारे । बेल्जियम विश्वकपकाे तेस्राे स्थानमा रह्याे ।





(एजेन्सीहरूकाे सहयाेगमा)
No comments:
Post a Comment