काभ्रे । काभ्रेको रोशी गाउँपालिका –६ मा विभिन्न हातहतियारसहित एक जना पक्राउ परो छन् ।
कालिञ्चोक बस्ने ३८ वर्षीय लोकेन्द्र तामाङलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान र तरबार १ थान सहित पक्राउ गरेको हो। प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरीले बुधबार तामाङको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
No comments:
Post a Comment