नयाँ दिल्ली । भीषण गर्मीमा पोल्ने घाममुनि बिना बिजुलीको बस्ने कल्पना पनि गर्न सकिन्न तर पाकिस्तानबाट आएका हिन्दू शरणार्थी परिवार गत 41 दिनदेखि दिल्लीको आदर्श नगर क्षेत्रमा बिजुली र पानीको निम्ति तड़पी रहेछन्। स्थानीय प्रशासनलाई यसको खबर छैन भन्ने होइन। केन्द्रिय मन्त्री डा. हर्षवर्धनसम्मले यस बस्तीको यात्रा गरिसकेका छन्। तरैपनि अहिलेसम्म कुनै राहत नपाइएकोले अब उनीहरूको धैर्य बिस्तारै टुट्न थालेको छ। उत्तर पश्चिम दिल्लीको आदर्श नगर क्षेत्रमा मजलिस पार्क मेट्रो स्टेशन नजिक स्थित झुग्गीहरूमा सवा सयभन्दा अधिक नानीको साथ 600 पाकिस्तानी हिन्दू शरणार्थी बसिरहेछन्। यिनीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट वर्ष 2013 मा आएका थिए। यिनीहरूले आजीविकाको निम्ति वरिपरि मेहनत मजदूरी गर्नको साथै मोबाइल कवर आदि बेच्ने काम गर्छन्। शरणार्थी बस्तीका प्रमुख नेहरूलालले बताए, उनी गृह मन्त्रालयको अनुमतिले यहाँ बसिरहेछन्। हामीलाई दिल्ली सरकारको तर्फबाट त्यही समय बिजुली कनेक्शन र पानी पनि दिइँदैथियो। तर गत महिना एनडीपीएलका कर्मचारीहरूले अचानक हाम्रो घरको बिजुली काँटे। बिजुली काँटेकोले पानीको समस्या पनि भएको छ। उनी बिजुलीको समस्या लिएर मुख्यमन्त्री अरविन्द केजरीवालको कार्यालय पनि गएका थिए। त्यहाँ उनका निजी सचिवले समस्याको छिट्टै समाधान गरिने बताए। धेरै दिन बितेपनि अहिलेसम्म समस्याको समाधान भएको छैन।
हिन्दुस्थान समाचार/
No comments:
Post a Comment