विमलेन्द्र निधिलाई जिताउने सञ्जयको लबिङ –
आपराधिक मुद्दामा पुुर्पक्षका लागि कारागार जीवन बिताइरहेका सञ्जय साह (सञ्जय टक्ला) ले जेलबाटै फोन गरी कांग्रेसका नेता तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिको पक्षमा मत मागेका छन् । सिरहा कारागारमा कैदी जीवन बिताइरहेका सञ्जयले पछिल्ला केही दिनदेखि कारागारको फोनबाट जनकपुरका स्थानीय बासिन्दादेखि सञ्चारकर्मीसम्मलाई फोन गरेर कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको पक्षमा मत मागिरहेका छन् ।
साह पछिल्लो दुई–तीन दिनदेखि कारागारमा निकै व्यस्त देखिएका अन्य कैदीहरूले बताएका छन् । पछिल्ला केही दिनदेखि उनलाई भेट्न कारागार पुग्नेको संख्या पनि निकै छ । आपराधिक मुद्दामा पुुर्पक्षका लागि जेल जीवन बिताइरहेका साहलाई कारागार प्रशासनले दिइएको सुविधा पनि कुनै राजनीतिक बन्दीभन्दा कम छैन ।
उनलाई भेट्न आउनेसँग उनी निर्धक्कसँग नजिकिँदै गरेको चुनाव र अन्य राजनीतिक विषयमा कुराकानी गरिरहेका भेटिन्छन् । कारागारका चौकीदार श्रीदेव कापैरले साहलाई काराकारमा राजनीतिक विषमा कुराकानी गर्न सुरुदेखि नै छुट रहेको बताए । कपैरका अनुसार सिरहा कारागारमा आएलगत्तैदेखि आफूलाई भेट्न आउनेसँग साहले राजनीतिक विषयमा कुराकानी गर्दै आएका छन् ।
कापैरले भने, ‘नेपालमा नेतालाई जहाँ पनि बढी नै सुुविधा र छुट हुन्छ । त्यो सुविधा साहले सुरुदेखि नै उपभयोग गरिरहेका छन् । पछिल्लो समय राजनीतिक गतिविधि अलि बढेको मात्रै हो । यसलाई अन्यथा लिनुहुुँदैन ।’
पत्रकार अजय अनुरागीले लिए अन्तर्वार्ता
कैदी जीवन बिताइरहेका साहले जनकपुरको एउटा एफएम रेडियोलाई डेढ घन्टा लामो अन्तर्वार्तासमेत दिएका छन् । पत्रकार अजय अनुरागीले सिरहा कारागारमै गएर साहसँग मंगलबार बिहान लिएको अन्तर्वार्ता जनकपुरको मिथिलाञ्चल एफएम (१०५ मेगाहर्ज) ले मंगलबार साँझ प्रशारण गरेको थियो । जेल प्रशासनसँगको सहमतिमै पत्रकार अुनरागीले साहसँग अन्तर्वार्ता लिएका हुन् । साहसँगको अन्तर्वार्ता रेकर्ड गर्दा जेलर शंकरलाल कर्ण पनि सँगै रहेका अन्य कैदीहरूले बताएका छन् ।

मिथिलाञ्चल एफएमले मंगलबार साँझ साहसँगको डेढ घन्टा लामो अन्तर्वार्ता प्रशारण गरेपछि अहिले यो विषयले तराईमा व्यापक चर्चा पाएको छ । मंगलबार साँझ साहले जेलभित्रैबाट दिएको अन्तर्वार्ता सुनेपछि बुधबार विभिन्न सञ्चार माध्यमका पत्रकार साहलाई भेट्न कारागार पुगेका थिए । तर, बुधबार भने प्रशासनले साहलाई सञ्चारकर्मीसँग भेट गर्न रोक लगाएको छ । कारागारमा सुरक्षाको लागि तैनाथ प्रहरीका असई र नेपाली सेनाका जवानले साहलाई भेट्न नपाइने भन्दै सञ्चाकर्मीलाई फर्काएका छन् ।
साहलाई जेलर कर्णको सहयोग
सिरहा कारागारका जेलर कर्ण निर्वाचन आचारसंहिता अनुुगमन अधिकृत भएर निर्वाचन अधिकृतको कार्यालय सिरहामा खटिएका छन् । नायब सुुब्बा अनिता महतो लामो समयदेखि जिल्ला प्रशासन कार्यालय सिरहामा काजमा खटिएकी छन् । सिरहा कारागार खरिदार नवराज बजगाईं र कार्यालय सहयोगीहरूको भरमा चल्दै आएको छ । खरिदार बजगाईंले जेलर कर्णकै सहयोगमा साहले जेलभित्रबाट राजनीतिक गतिविधि गरिरहेको भन्दै यस विषयमा आफूले केही भन्न नमिल्ने बताए ।

लिखित निवेदन दिएर अन्तर्वार्ता
पत्रकार अजय अनुरागीले सञ्जय साहसँग अन्तर्वार्ताका लागि जेल प्रशासनलाई लिखित निवेदन दिएको पाइएको छ । पत्रकार अनुरागीले कारागार प्रशासनमा लिखित निवदेन दिएपछि साहसँग अन्तर्वार्ताका लागि समय मिलाइएको जेलर कर्णले बताए । उनले भने, ‘पत्रकार अनुरागीले लिखित निवेदन दिएर अन्तर्वार्ता लिएका हुन् । हामीसँग अनुमति लिँदा मुद्दासम्बन्धी विषयमा मात्र कुराकानी गर्ने भनेका थिए । तर, राजनीतिक विषयमै कुरा गरेछन् ।’

आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीले कारागार प्रशासनसँगकै सहमतिमा राजनीतिक विषमा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको घटनालाई जेल प्रशासनले ढाकछोप गर्ने प्रयास गरेको छ । जेलर कर्णले भने, ‘पत्रकारले मुद्दाको विषयमा मात्र बुझेको भए राम्रो हुन्थ्यो । तर, राजनीतिक विषयमै कुरा गरेछन् । मलाई यो विषय जानकारीमा थिएन ।’
उनले कारागारबाट सञ्जयले विभिन्न व्यक्तिलाई फोन गरेर भोट मागेको विषयलाई भने ठूलो मान्न नहुँने बताए । ‘यो सामान्य कुरा हो । फोन गर्दैमा केही हुँदैन’ जेलर कर्णले भने । जेलर कर्णले यो विषयलाई सामान्य रूपमा लिन भने पनि कारागार व्यवस्थापन निर्देशिकामा कैदीलाई भेट्न जानेले मुद्दाबाहेक अन्य विषयमा कुराकानी गर्न नपाइने व्यवस्था छ ।
राजेन्द्र महतोलाई मत नदिन उर्दी
धनुुषा–३ बाट उम्मेदवार बनेका रापपाका राजेन्द्र महतोलाई मतदान नगर्न साहले जेलबाटै अभियान थालेका छन् । कांग्रेस उम्मेदवार विमलेन्द्र निधिका प्रतिद्वन्द्वी राजपाका उम्मेदवार महतोलाई मतदान नगर्न भन्दै उनले रेडियो अन्तर्वार्ता र फोनमार्फत मतदातालाई आग्रह गरेका हुन्।

उनले जनकपुरका सञ्चारकर्मीलाई फोन गरेर महतोलाई सहयोग नगर्न आग्रह गरिरहेका छन् । साहले आफूलाई कारागारको नम्बरबाट फोन गरेर निर्वाचनमा महतोलाई सहयोग नगर्न आग्रह गरेका जनकपुरका सञ्चारकर्मी वीरेन्द्र केएमले जानकारी दिए । वीरेन्द्रले नयाँ पत्रिकासँग भने, ‘सञ्जय साहले मलाई फोन गरेर राजेन्द्र महतोविरुद्ध गतिविधिमा सहयोग गरे तपाईंलाई आर्थिकलगायत जुनसुुकै सहयोग गर्न तयार छु भनेका छन् । सञ्जयले मलाई गरेको फोनको अडियो रेकर्ड मसँग सुुरक्षित छ ।’
No comments:
Post a Comment