सलमान खान नेपाल आउँदै । - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 18 November 2017

सलमान खान नेपाल आउँदै ।

काठमाण्डौ । बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने भएका छन । ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेका हुन । फाल्गुन २६ गते शनिबार टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने ओडिसिले जनाएका छन । ओडिसि इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमान खान सहितका कलाकारलाई दिनु पर्ने पारिश्रमिक भुक्तानीका लागि पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण सँग अनुमति माग्दै निवेदन दिएको छ ।

ओडिसिका अनुसार सलमान खान सँगै प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्स लगायतका कलाकारहरु आउने भएका छन । सलमानका भाई सोहेल खान कन्सर्ट हुने स्थान, बस्ने होटेल, सुरक्षा लगायतका विषय बुझ्न केही साता पछि आउने बताइएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here