विप्लवका कार्यकर्ता पक्राउ - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 16 November 2017

विप्लवका कार्यकर्ता पक्राउ


पाल्पा: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। देशका विभिन्न स्थानमा उम्मेदवारहरुमाथि नै आक्रमणका घटना बढ्द थालेपछि प्रहरीले पाल्पा विप्लवका कार्यकर्ताहरुमाथि निगरानी बढाएको हो। प्रहरीले शंकर तामाङ (दर्पण) लाई पक्राउ गरेको हो।

युवा जनस्वयम्सेवक संगठन पाल्पाका संयोजकसमेत रहेका तामाङलाई पाल्पा प्रहरीले बुधवार तानसेन नगरपालिका वडा नं. ६ लहरे पिपलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। डडेल्धुरा स्थायी घर भएका तामाङ हाल तानसेन नगरपालिका वडा नं १ मा बस्दै आएका छन्।

विभिन्न स्थानमा निर्वाचन सुरक्षा, निर्वाचन विरोधी गतिविधि बढ्दै गएकोले जिल्लामा संभावित घटनाहरु रोक्न अनुसन्धानको लागि तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पन्तले बताए। एकीकृत सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्रलाई अति संवेदनशीलको सुचीमा राखेर सुरक्षा गतिविधि संचालन गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here