जनकपुरधाम । धनुषा प्रहरीले सोमबार बिहान हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हँसपुर नगरपालिका–५ बस्ने बेचन महतोका ३२ वर्षिय छोरा ललन महतो रहेका छन् ।
हँसपुर नगरपालिका–५ सुगानिकास र नौवाखोर सडकखण्डमा प्रहरीको बिशेष टोलीले चेक जाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोलाई सोमबार नै हातहतियारखरखजाना ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघिबढाएको छ । महतोको संगबाट एक थान मोवाईल र सिम कार्ड १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए ।
No comments:
Post a Comment