![]() |
नेपाल जनता पार्टी को चुनाव चिन्ह |
विभिन्न राजनीतिक दलमा आवद्ध उम्मेदवारहरूले मतदातालाई आफूतिर तान्नका लागि स्थानीय विकास निर्माणसम्बन्धी मुद्दा अघि सारेका छन् । स्थानीय साधन–स्रोत परिचालनमार्फत पूर्वाधार विकास गरी गाउँ तथा नगरलाई समृद्ध बनाउने योजना पार्टीका उम्मेदवारहरूले बनाएका छन् । यता नेपाल जनता पार्टीले मतदाता रिझाउन स्थानीय मुद्दाहरुका साथै हिन्दू राष्ट्र पुर्नस्थापनालाई समेत प्राथमिकता दिएका हुन् । गत हप्ता एकात्म मानववाद–साँस्कृतिक राष्ट्रवादलाई आफ्नो मूल दर्शन बनाएको नेपाल जनता पार्टीले हिन्दुराष्ट्र पूर्णस्थापना संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।
नेपाल जनता पार्टीका उम्मेदवारहरुले पुर्वाधार विकासमा निकै पछि परेका क्षेत्रहरुमा सडक नपुगेको ठाउँमा सडक, भएका सडकको स्तरवृद्धि, सामुदायिक भवन निर्माण, घरघरमा खानेपानी, विद्युतको पर्याप्त उपलब्धता, सञ्चार सुविधाको व्यवस्था मिलाउने आश्वासन मतदातालाई बाँड्न थालेका छन । यसैगरी पर्यटकीय, धार्मिक एवं ऐतिहासिक स्थलमा पूर्वाधार निर्माण, खानीहरूको व्यवस्थित उत्खनन, खेती तथा पशुपालनको व्यवसायीकरणका साथै रोजगारी सिर्जना गर्ने नेजपा उम्मेदवारहरूको प्राथमिकतामा देखिएको छ ।
केही दिन पूर्व नेपाल जनता पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा निम्न मूख्य बुदाँहरु समाबेश गरेका छन ।
हिन्दूराष्ट्र पुनस्र्थापना
लोकतन्त्रको नाममा विश्वको एकमात्र हिन्दू राष्ट्र, राज्य शक्तिका स्रोत सनातन हिन्दू संस्कृति प्रति आस्थावान ९० प्रतिशत नेपाली जनताको धार्मिक आस्थाको अवमूल्यन गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्रको श्रेणीमा ३ दलीय सिन्डिकेटले खडा गरे । यसका लागि ३ दलका शीर्ष नेताहरुले अन्तर्राष्ट्रिय स्तरमा स्याबासी प्राप्त गरेपनि हिन्दूवादी विचारका ९० प्रतिशत जनतालाई मर्माहत तुल्यायो । नयाँ संविधानमा धर्म निरपेक्षताको सवालमा नेपाल जनता पार्टी घोर आपत्ति एवं असहमति जनाई सनातन संस्कृति सापेक्ष लोकतान्त्रिक हिन्दू गणतन्त्रको संवैधानिक पुनस्र्थापनाका लागि संघर्षरत रहने प्रण गरेको छ ।
देशका सबै क्षेत्रलाई विकास सँग जोडनु ।
- प्रत्येक नागरिकको आफ्नै बिजुली, पानी तथा शौचालय सुविधायुक्त घर होस ।
- ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण हाट (बजार) संजाल विस्तार एवं शहरी सुविधाको उपलब्धता ।
- साना तथा घरेलु उद्योगमा कार्यरत उद्यमीको क्षमता विकासका लागि ऋण सुविधा तथा सहज बजार व्यवस्थापनमा सहयोग ।
- घर–घरमा खानेपानीको उपलब्धता ।
कालोबजारी नियन्त्रण
- कालो बजारी नियन्त्रणका लागि विशेष अदालतको स्थापना, अपराधीलाई सिघ्र दंडित गर्ने व्यवस्था ।
- खाद्य संस्थानको खरिद, भंडारण एवं वितरण लगायतका क्षेत्र विस्तार गर्ने ।
सुशासन व्यवस्था एवं भ्रष्टाचार नियन्त्रण
- देशमा भय, आतंक, भुख हडताल, भ्रष्टाचार, भेदभाव, तथा शोषणबाट मुक्त कल्याणकारी शासन व्यवस्था
- अमन चयन कायम गदैं समृद्धशाली देश र विकसित प्रदेशको परिकल्पना साकार गर्ने ।
- विद्युतिय शासन प्रणालीद्वारा पारदर्शिता कायम गराउने ।
- प्रशासन कार्यप्रणालीमा व्याप्त चरम भ्रष्टाचार, मनमानी एवं लाल फित्ताशाहीको अन्त्य गर्ने ।
- सेवा प्रवाहमा सरलता एवं सहजता ल्याउने ।
रोजगारी सिर्जना
- सीप विकास एवं व्यापक ऋण सुविधाको माध्यमले रोजगारीका अवसर सिर्जना गर्ने ।
- रोजगारीका अवसर वृद्धिका लागि स्वदेशी उत्पादन एवं पर्यटन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने ।
- चार ‘प’ – परम्परा, प्रतिभा, पर्यटन एवं पण (व्यापार) को माध्यमले नेपाललाई एक ब्रांडको रुपमा स्थापित गर्ने ।
- महिला लक्षित सीप विकास प्रशिक्षण कार्यक्रमको व्यवस्था ।
- विभिन्न क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको वातावरण तयार गर्ने ।
- कन्या भ्रुण हत्या रोक्न एवं छोरीलाई पढाउन राष्ट्रिय अभियान ः छोरी बचाऔँ–छोरी पढाऔँ शुरु गर्ने ।
- नेजपा आफ्नो स्थापनाकाल देखि नै छुवाछुत तथा भेदभावको अन्त्यका लागि प्रयासरत रहेको छ । नेजपाले यस्तो वातावरण सिर्जना गर्न चाहेको छ जसमा दलित, आदिवासी, जनजाती, ओबीसी लगायतका अन्य वर्गका विपन्न नागरिकहरु समेतलाई प्राथमिकताको आधारमा अवसर मिल्न सकोस ।
- लोपोन्मुख जातजाती एवं विपन्न वर्गका नागरिकहरुका लागि शिक्षा, स्वास्थ एवं अन्य आधारभुत सेवा सुनिश्चित गरी विस्थापनबाट बचाउने ।
बरिष्ट नागरिकको जीवनयापनमा सहजता
- बरिष्ट नागरिकलाई आर्थिक सहायता ।
- शारीरिक रुपमा असक्त नागरिकका लागि
- शारीरिक रुपमा असक्त नागरिकको हक, हित रक्षाका लागि अधिकतम सुविधा हेतु विधेयक पास गराउने
युवाका लागि
- राष्ट्रिय युवा सल्लाहकार परिषद् गठन गर्ने ।
- विद्यार्थीलाई सहज ऋण उपलब्ध गराउने ।
- ‘राष्ट्रिय खेलकूद प्रतिभा खोज प्रणाली’ को शुरुवात गर्ने
- कर प्रणालीमा सुधार
- कर प्रणालीलाई सरल एवं न्यायसंगत बनाउने ।
किसानको लागि
- किसानले उत्पादन गरेको बालीमा लागतको ५० प्रतिशत लाभ सुनिश्चित गर्ने ।
असंगठित क्षेत्रका लागि
- असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि श्रमिक बैंकको स्थापना, पेंशन र स्वास्थ्य बीमा योजना शुरु गर्ने ।
धर्म, सँस्कृतिको रक्षा
- गाई एवं गौवंशको रक्षा गरिने ।
- सबै प्रमुख नदीको स्वच्छता सुनिश्चित गरिने ।
- परम्परा प्रेरित तथा संबिधान भावना अनुरुपको समान नागरिक संहिता ।
- धर्मान्तरण गर्ने गराउनेलाई कडा कानुनी सजायको व्यवस्था गरिने ।
- आयातित सँस्किृतको दुष्प्रभाव कम गर्न कदम चाल्ने ।
व्यवस्थागत सुधार
- अदालतहरुको संख्या बढाई फास्ट ट्रैक अदालत गठन गरिने ।
अन्य सार्थक कदम
- साँस्कृतिक महत्वका सम्पदाहरु तथा प्राकृतिक चिकित्सामा आधारित पर्यटन सर्किट बनाईने ।
- जनसंख्या स्थिरीकरण एवं व्यवस्थापनको लागि राष्ट्रव्यापी कार्यक्रम सञ्चालन गर्ने ।
- माथि उल्लेख भएको बाहेक प्रदेश(स्थान) एवं समय सापेक्ष विभिन्न योजनाहरु र शिक्षा नीतिको कार्यन्वयन गर्ने ।
No comments:
Post a Comment