जनकपुरमा विवाह पंचमी ! - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 19 November 2017

जनकपुरमा विवाह पंचमी !



जनकपुरधाम / त्रेता युगमा भएको राम सिताको विवाहको सम्झानामा मनाइने गरिएको विवाह पंचमी महोत्सवको जनकपुरमा तयारी तिव्र भएको छ। विवाह पंचमी महोत्सवलाई भव्यता दिनको लागि एवं आन्तरिक र बाहय पर्यटन प्रवद्र्धनको लागि यसलाई भव्य रुपमा मनाउने निर्णय गरिएको छ।
जनकपुरमा आयोजना गरिएको छलफल कार्यकक्रममा यसलाई भव्यता दिनको लागि सर्वपक्षिय छलफल कार्यक्रमको आयोजना गरिएको छ। विवाह पंचमी महोत्सवलाई भव्यताका साथ मनाउनको लागि विभिन्न उपसमितिहरुको गठन गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिनुभयो । 
विवाह पंचमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन,दोश्रो दिन फुलवारी लिला,तेश्रो दिन धनुषयज्ञ,चौथो दिन तिलकोत्सव,पांचौ दिन मटकोर,छठौ दिन शुभविवाह र सातौ दिन राम कलेवाको आयोजना गरिने  गरिन्छ।
विवाह पंचमी महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा तथा राम लिला र झाकीहरुको आयोजना गरिने भएको छ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here