नेपाल जनता पार्टीको घोषणा पत्र सार्वजनिक, हिन्दु राष्ट्र पुनर्स्थापना र विकास मुख्य एजेन्डा - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Thursday, 9 November 2017

नेपाल जनता पार्टीको घोषणा पत्र सार्वजनिक, हिन्दु राष्ट्र पुनर्स्थापना र विकास मुख्य एजेन्डा


२३ कार्तिक, झापा । एकात्म मानववाद–साँस्कृतिक राष्ट्रवादलाई आफ्नो मूल दर्शन बनाएको नेपाल जनता पार्टीले प्रदेश नं.१ मा हिन्दुराष्ट्र पुनर्स्थापना  संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

झापा, भद्रपुर स्थित प्रदेश पार्टी कार्यालयमा बुधबार पार्टी का राष्ट्रिय महा सचिव  खेमनाथ आचार्यको  प्रमुख आतिथ्यता  तथा प्रदेश न १ का संयोजक इन्द्र प्रसाद ओलीको विशेष आतिथित्यमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा हिन्दू राष्ट्र पुनर्स्थापनालाई मुख्य मुद्दा बनाई, धर्म–सँस्कृतिको रक्षा, सुशासन, विकास, समाबेशी जस्ता विषयहरु समेत समाबेश गरिएको छ । 

कार्यक्रममा चुनाव प्रचार प्रसार समिति गठन गरिनुका साथै प्रचार सामग्री समेत वितरण गरिएको छ । उक्त कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष  रामकुमार, उपाध्यक्ष एवम  झापा निर्वाचन क्षेत्र  ३  प्रतिनिधि सभा प्रत्यक्ष तर्फ  कि उम्मेदवार  सुजाता उप्रेती, क्षेत्र २ प्रतिनिधि सभाका उम्मेदवार गणेश सिवाकोटी, जिल्ला प्रवक्ता  मनि कुमार राइ, झापा क्षेत्र न ३ का प्रदेस सभा १ का  उम्मेदवार छबिलाल लुइटेल लगायतका जिल्लाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जिल्ला प्रवक्ता मनिकुमार राईका अनुसार प्रदेश नं. १ मा १००१ सदस्य प्रचार प्रसार समिति गठन गरिएको   हो ।


कार्यक्रममा प्रदेश संयोजक इन्द्र प्रसाद ओलीले जनता आफूहरुको पक्षमा रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताउनु भयो । आफ्नो मनतव्यको क्रममा महासचिव आचर्यले सबै कार्यकर्तालाई उपलब्ध स्रोत– साधनलाई सही उपभोग गर्दै निर्वाचन आचार संहिताको पुर्ण पालना गर्दै प्रचारमा लाग्न निर्देशन दिनु भएको थियो । आम मतदातालाई कमल चुनाव चिन्हमा मतदान गर्न अपिल समेत गर्नु  भएको थियो ।

नेपाल जनता पार्टीले घोषणा पत्रमा समाबेश गरेको बुदाँ निम्न अनुसारका रहेका छन ।



हिन्दूराष्ट्र पुनस्र्थापना
लोकतन्त्रको नाममा विश्वको एकमात्र हिन्दू राष्ट्र, राज्य शक्तिका स्रोत सनातन हिन्दू संस्कृति प्रति आस्थावान ९० प्रतिशत नेपाली जनताको धार्मिक आस्थाको अवमूल्यन गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्रको श्रेणीमा ३ दलीय सिन्डिकेटले खडा गरे । यसका लागि ३ दलका शीर्ष नेताहरुले अन्तर्राष्ट्रिय स्तरमा स्याबासी प्राप्त गरेपनि हिन्दूवादी विचारका ९० प्रतिशत जनतालाई  मर्माहत तुल्यायो । नयाँ संविधानमा धर्म निरपेक्षताको सवालमा नेपाल जनता पार्टी घोर आपत्ति एवं असहमति जनाई सनातन संस्कृति सापेक्ष लोकतान्त्रिक हिन्दू गणतन्त्रको संवैधानिक पुनस्र्थापनाका लागि संघर्षरत रहने प्रण गरेको छ ।

देशका सबै क्षेत्रलाई विकास सँग जोडनु ।
  • प्रत्येक नागरिकको आफ्नै बिजुली, पानी तथा शौचालय सुविधायुक्त घर  होस ।
  • ग्रामीण क्षेत्रको विकासका लागि ग्रामीण हाट (बजार) संजाल विस्तार एवं शहरी सुविधाको उपलब्धता ।
  • साना तथा घरेलु उद्योगमा कार्यरत उद्यमीको क्षमता विकासका लागि ऋण सुविधा तथा सहज बजार व्यवस्थापनमा सहयोग ।
  • घर–घरमा खानेपानीको उपलब्धता ।


कालोबजारी नियन्त्रण
  • कालो बजारी नियन्त्रणका लागि विशेष अदालतको स्थापना, अपराधीलाई सिघ्र दंडित गर्ने व्यवस्था ।
  • खाद्य संस्थानको खरिद, भंडारण एवं वितरण लगायतका क्षेत्र विस्तार गर्ने ।


सुशासन व्यवस्था एवं भ्रष्टाचार नियन्त्रण
  • देशमा भय, आतंक, भुख हडताल, भ्रष्टाचार, भेदभाव, तथा शोषणबाट मुक्त कल्याणकारी शासन व्यवस्था 
  • अमन चयन कायम गदैं समृद्धशाली देश र विकसित प्रदेशको परिकल्पना साकार गर्ने ।
  • विद्युतिय शासन प्रणालीद्वारा पारदर्शिता कायम गराउने ।
  • प्रशासन कार्यप्रणालीमा व्याप्त चरम भ्रष्टाचार, मनमानी एवं लाल फित्ताशाहीको अन्त्य गर्ने ।
  • सेवा प्रवाहमा सरलता एवं सहजता ल्याउने ।


रोजगारी सिर्जना
  • सीप विकास एवं व्यापक ऋण सुविधाको माध्यमले रोजगारीका अवसर सिर्जना गर्ने ।
  • रोजगारीका अवसर वृद्धिका लागि स्वदेशी उत्पादन एवं पर्यटन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने ।
  • चार ‘प’ – परम्परा, प्रतिभा, पर्यटन एवं पण (व्यापार) को माध्यमले नेपाललाई एक ब्रांडको रुपमा स्थापित गर्ने ।
  • महिला लक्षित सीप विकास प्रशिक्षण कार्यक्रमको व्यवस्था ।
  • विभिन्न क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको वातावरण तयार गर्ने ।
  • कन्या भ्रुण हत्या रोक्न एवं छोरीलाई पढाउन राष्ट्रिय अभियान ः छोरी बचाऔँ–छोरी पढाऔँ शुरु गर्ने ।
सामाजिक न्याय एवं सशक्तिकरण
  • नेजपा आफ्नो स्थापनाकाल देखि नै छुवाछुत तथा भेदभावको अन्त्यका लागि प्रयासरत रहेको छ । नेजपाले यस्तो वातावरण सिर्जना गर्न चाहेको छ जसमा दलित, आदिवासी, जनजाती, ओबीसी लगायतका अन्य वर्गका विपन्न नागरिकहरु समेतलाई प्राथमिकताको आधारमा अवसर मिल्न  सकोस ।  
  • लोपोन्मुख जातजाती एवं विपन्न वर्गका नागरिकहरुका लागि शिक्षा, स्वास्थ एवं अन्य आधारभुत सेवा सुनिश्चित गरी विस्थापनबाट बचाउने ।


बरिष्ट नागरिकको जीवनयापनमा सहजता
  • बरिष्ट नागरिकलाई आर्थिक सहायता ।
  • शारीरिक रुपमा असक्त नागरिकका लागि
  • शारीरिक रुपमा असक्त नागरिकको हक, हित रक्षाका लागि अधिकतम सुविधा हेतु विधेयक पास गराउने 


युवाका लागि
  • राष्ट्रिय युवा सल्लाहकार परिषद् गठन गर्ने ।
  • विद्यार्थीलाई सहज ऋण उपलब्ध गराउने ।
  • ‘राष्ट्रिय खेलकूद प्रतिभा खोज प्रणाली’ को शुरुवात गर्ने
  • कर प्रणालीमा सुधार
  • कर प्रणालीलाई सरल एवं न्यायसंगत बनाउने ।


किसानको लागि
  • किसानले उत्पादन गरेको बालीमा लागतको ५० प्रतिशत लाभ सुनिश्चित गर्ने ।


असंगठित क्षेत्रका लागि
  • असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि श्रमिक बैंकको स्थापना, पेंशन र स्वास्थ्य बीमा योजना शुरु गर्ने ।


धर्म, सँस्कृतिको रक्षा
  • गाई एवं गौवंशको रक्षा गरिने ।
  • सबै प्रमुख नदीको स्वच्छता सुनिश्चित गरिने ।
  • परम्परा प्रेरित तथा संबिधान भावना अनुरुपको समान नागरिक संहिता ।
  • धर्मान्तरण गर्ने गराउनेलाई कडा कानुनी सजायको व्यवस्था गरिने ।
  • आयातित सँस्किृतको दुष्प्रभाव कम गर्न कदम चाल्ने ।


व्यवस्थागत सुधार
  • अदालतहरुको संख्या बढाई फास्ट ट्रैक अदालत गठन गरिने ।


अन्य सार्थक कदम
  • साँस्कृतिक महत्वका सम्पदाहरु तथा प्राकृतिक चिकित्सामा आधारित पर्यटन सर्किट बनाईने ।
  • जनसंख्या स्थिरीकरण एवं व्यवस्थापनको लागि राष्ट्रव्यापी कार्यक्रम सञ्चालन गर्ने ।
  • माथि उल्लेख भएको बाहेक प्रदेश(स्थान) एवं समय सापेक्ष विभिन्न योजनाहरु र शिक्षा नीतिको कार्यन्वयन गर्ने । 


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here