मकवानपुरमा खुकुरी प्रहार, तीन जनाको मृत्यु - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 15 November 2017

मकवानपुरमा खुकुरी प्रहार, तीन जनाको मृत्यु



काठमाडौँ । मकवानपुरको मनहरीमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।
मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका  छन् ।
मंगलबार साँझ करिब ६ बजे यो घटना भएको इलाका प्रहारी कार्यालय मनहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहार गर्ने करिब ३०–३५ वर्षीय सुमन बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले खुकुरी प्रहार गरेका हुन् भन्ने अझै खुल्न सकेको छैन ।
‘निकै भीडभाड भएका कारण घटना के कारणले घटेको हो भन्ने अझै खुल्न सकेको छैन,’ प्रहरीले रातोपाटीसँग कुरा गर्दै भन्यो, ‘बराइलीलाई समयमा नै नियन्त्रण लिन
सकेको कारण अझै धेरै हाताहातीबाट भने जोगिएको छ । उनले के उद्देश्यले यसो गरे भन्नेबारे हामी अनुसन्धान गर्दै छौँ ।’
ratopati.com मा खबर छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here