कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम विष्फोट - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Friday, 17 November 2017

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम विष्फोट

१ मंसिर, काठमाडौं । कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ ।

त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो ।
ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले बताए ।
घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
कार्यकर्ता चढेको जीप ध्वस्त
बम आक्रमणबाट कांग्रेस कार्यकर्ता चढेको जीप ध्वस्त भएको छ । घटनामा चार जना घाइते भएका छन् ।
घाइते हुने कांग्रेस कार्यकर्ताहरुमा उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर छन् ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here