मेगा बैंकमा रोजगारीको अवसर - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 19 November 2017

मेगा बैंकमा रोजगारीको अवसर

काठमाडौं /  मेगा बैंकले १ सय १३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धकसहित १ सय १३ जना कर्मचारी बिहीबार माग गरेको हो । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तीर्ण र १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको   हुनुपर्नेछ ।

साथै, बैंकले २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमशः वाणिज्य बैंकमा ५ वर्ष र ३ वर्ष काम गरेको हुनुपर्नेछ । बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि पनि कर्मचारी माग गरेको छ । नयाँ शाखाका लागि २२ जना कर्मचारी आवश्यक भएको बैंकले सूचनामार्फत जनाएको हो । नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तीमा स्नातक गरेको हुनुपर्ने बैंकले जनाएको । योग्यता पुगेका आवेदकले १४ मंसिरसम्म आवेदन बुझाउनुपर्ने व्यवस्था बैंकले गरेको छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here