मतदातालाई बदर मतदान गर्न प्रचार गरिरहेका सिके राउतका कार्यकर्ता पक्राउ - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 26 November 2017

मतदातालाई बदर मतदान गर्न प्रचार गरिरहेका सिके राउतका कार्यकर्ता पक्राउ

स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सप्तरीमा २०७ मतदानस्थल अतिसंवेदनशील 

स्वच्छ एवम् भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार सप्तरी जिल्लामा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो ।

यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डयेले बताउनुभयो । (रासस)

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here