आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्रिष्चियन धर्मका नामका केही पार्टीले गतिविधि बढाएका छन् । निर्वाचन आयोगमा दर्ता भएको आमुल परिवर्तन मसिहा पार्टीले शनिवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी धर्म परिवर्तन सम्बन्धि फौजदारी कानून फिर्ता गर्न माग गरेको थियो ।
पार्टीको चुनाव चिन्हसहितको झण्डा बोकेर उपस्थित भएका उनीहरुले अन्तर्रााष्ट्रिय शान्ति सम्झौताबिपरित बनाएको सबै कानुन खारेज गर्नुपर्ने, धर्मनिरपेक्षता अक्षरशः लागू गर्नुपर्ने, अल्पसंख्यक धार्मिक समुदायलाई लक्षित गरी बनाएको फौजदारी कानुन खारेज गर्नुपर्ने, सप्तकोशी बाँधको चाबी नेपालमा राख्नुपर्ने, भष्ट्राचारीलाई सर्वश्व आजीवन काराबासको व्यवस्था गर्नुपर्ने, सिमानामा पर्खाल लगाउनुपर्ने लगायतका मागहरु अघि सारेका थिए ।
निर्वाचन नजिकिएसँगै आमुल परिवर्तन मसिहा पार्टी मात्र होइन, जनजागरण पार्टी नेपाल, पिपल्स पार्टी लगायतका दलहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । यिनीहरुले आफ्नो समुदायलाई पार्टीमा ल्याउनका लागि गाउँ गाउँ गएर अभियान चलाउन थालेका छन् ।
- ratopati.com मा प्रकाशित समाचारको केहि अंश
No comments:
Post a Comment