भेरी–बबई डाईभर्सन आयोजनामा रोजगारी - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Friday, 20 October 2017

भेरी–बबई डाईभर्सन आयोजनामा रोजगारी

कोहलपुर,बाके।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाले रोजगारी पाएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन् । आयोजनाका अनुसार नेपाली कामदारले मासिक १६ हजारदेखि ५० हजारसम्म कमाउँदै आएका छन् ।


सुर्खेत, बााके, बर्दिया, जाजरकोट, सल्यान लगायतका युवाहरु आयोजनामा काम गरिरहेका छन् । बर्दियाका असिम चौधरीले आफूले मासिक २७ हजार तलव र आभर टाईमसहित ३७ हजार मासिक कमाउँदै आएको बताए । सुरुङको सिमेन्टको पाईप बनाउने उद्योगमा रिमोटबाट मेसिन चलाउँदै आएका चौधरीले तीन महिनादेखि काम गर्दै आएको जानकारी दिए । ‘खान र बस्नसहित ३७ हजार कमाई हुन्छ,’ उनले भने, ‘काम गर्न सबै रिर्मोटबाट हो सजिलो छ ।’ यहाँ संचालित सिमेन्टको पाईप बनाउने उद्योगमा मात्र साँढे तीन सय नेपाली कामदार छन् । गाडी चलाउने, मेसिन चलाउने, वल्डिङ्देखि सरसफाईको काम हुने गर्छ । विदेशभन्दा भेरी बबई आयोजनामा नेपाली वेरोजगार कामदारले राम्रो आम्दानी गरिरहेका छन् । आयोजनामा पाँच सय नेपालीसहित ९० चिनियाँ र ३ जना रसियन कामदार रहेका छन् ।

आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज ईन्जिनियरिङ् गु्रप (कोभेक) प्रशासकिय प्रमुख लि–छाङ्योङ्गले नेपालीले पाँच सय रोजगारी पाएको र अझै कामदार आवश्यक परिरहेको बताए । ‘उनीहरुका लागि खान, बस्नको निशूल्क व्यवस्था गरिएको छ,’ उनले भने, ‘काम विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म काम हुन्छ ।’ आयोजनाको १२ किलोमिटर सुरुङ् निर्माणसम्म दैनिक ५ सयले रोजगारी पाउने उनले भने । आयोजनाको काम सक्न अझैै दुई वर्ष लाग्छ । सुर्खेतको भेरीगंगा नगरपालिका हात्तीखालमा सुरुङ र पाईप उद्योग निर्माण भैईरहेको छ । ७० रोपनी जग्गामा उक्त पाईप उद्योग संचालित छ । यहाँ पाँच हजार सुरुङ पाईप निर्माण हुनेछ ।

नागरिकबाट

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here