विराटनगर, असोज १। सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय रानीले शनिबार १ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ८६ हजार ७ सय बराबरको लत्ताकपडा र २८ हजार मूल्य बराबरको खसी–बोका बरामद गरेको छ । बरामद सामान आजै भन्सार बुझाएने उक्त कार्यालयले जनाएको छ ।